समाज

विमानस्थल बन्न नदिए आन्दोलन गर्ने चेतावनीसँगै प्रदेशमन्त्रीको पुतला दहन

बारा – टाँगिया बस्तीमा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको लागि प्रदेश सरकारले रुख काट्न नदिने भनेपछि विराेध हुन थालेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले कुनै पनि हालतमा रुख काट्न नदिने भनेर दिएको अभिव्यक्तिले विरोध शुरु गरेको छ।

प्रदेश सरकारबाटै दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने चलखेल शुरु भएको भन्दै निजगढमा आइतबार बेलुका मन्त्री रायको पुतला दहन गरिएको छ। साथै विमानस्थल निर्माण हुने जग्गाले छुने जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेल र निजगढ नगरपािलका प्रमुख सुरेशकुमार खनाल र कोल्हवी नगरपालिका प्रमुख भरत भण्डारी गरि तीन वटै स्थानीय तहका प्रमुखहरुले आइतबारै छुट्टा–छुट्टै बिज्ञाप्ति निकाली मन्त्री रायको अभिव्यक्तिको बिरोध गरेको छ।

स्थानीय तहका प्रमुखहरुले निकालेको बिज्ञप्तीमा बारामा बन्न लागेको दोस्रो विमानस्थलले प्रदेशको साथै देशलाई नै समृद्धीको बाटोमा डोर्याउने र वनको रुख पनि कम कटान हुने भएकोले यसको विरुध भन्दा निर्माणमा सहयोगी बन्न आग्रह गरेको छ।प्रदेश मन्त्री रायको अभिव्यक्तिको बिरोधमा प्रेस बिज्ञप्ती निकालेका मध्ये निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले २०५१ साल देखि नै देशका बिभिन्न भागमा गरि आठ वटा स्थानहरुको निरिक्षण गर्दा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि निजगढ आसपासको क्षेत्र नै उपयुक्त देखिएको दावी गरे।

२०५१ साल देखि नै यस क्षेत्रमा दोस्रो अन्तराष्ट्रिय विमानस्थाल निर्माण हुने चर्चा चले पछि पहिला कुनै बिरोध नगर्ने र अहिले दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई बारामा बन्न नदिई पुर्व तिर लैजानकै लागि प्रदेश सरकारबाट चलखेल शुरु गरिएको खनालले आरोप छ।दोस्रो अन्तराष्ट्रिय विमानस्थाल निर्माणमा बाधा, अवरोध पुर्याउनेहरुको प्रतिकार गर्न बाराका १६ वटा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढनको लागि आन्तरिक छलफल शुरु गरिएको प्रमुख खनालले बताए।

दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा निजगढको शहिदचोकमा मन्त्री रायको पुत्ला दहन गरि प्रदेश सरकार बिरोध र नाजावाजी समेत गरिएको छ।विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले शिलान्यास गर्ने तयारी गरेको बेलामा प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए। उनले भने विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र सबै जिल्लाहरुले त्यसमा सहभागी हुन आग्रह समेत गरे।

प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय यादवले बारामा निर्माण गर्न भनिएको दोस्रो अन्तराष्ट्रिय  विमानस्थको विकल्प खोज्न जरुरी रहेको हो।दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न भनिएका स्थानमा घना जंगल रहेको र घना जंगल मासेर विमान स्थल निर्माण गर्नु पक्षमा प्रदेश सरकारल नरहेको मन्त्री रायले फोन सम्पर्कमा भने। आठ हजार हेक्टर क्षेत्रफलको आठ लाख रुख कटान गर्नु भन्दा रुख नभएको स्थानहरुमा दोस्रो अन्तराष्ट्रिय विमानस्थाल निर्माण गर्न तिर लाग्ने सोच प्रदेश सरकार रहेको मन्त्री रायको भनाइ छ।

संविधान अनुसार राष्ट्रिय वन क्षेत्र प्रदेश सरकारको मातहतमा आएको र  संघीय सरकारले प्रदेश सरकारसँग समन्वय नै नगरि दोस्रो विमानस्थल निर्माण गर्न अगाडि बढाएको प्रक्रिय रोकेर सबैको समन्वयमा कम क्षति हुने प्रदेशकै अन्य स्थानमा विमानस्थल निर्माण गर्न तिर लाग्न्ु पर्ने उनले बताए।प्रदेश नम्बर दुईको सर्लाहीको राजघाट, मूर्टिया र  महोत्तरीको बर्दिवासमा पहिला देखि नै वनको क्षेत्र जग्गामा रुखहरु नभएको र ती स्थानहरुमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा कम क्षति हुने भएकोले त्यता तिर विकल्प खोज्नु पर्ने मन्त्री रायको जोड दिए।

दोस्रो अन्तराष्ट्रिय विमानस्थाललाई बारामै निर्माण गर्नु छ भने सिमरा विमानस्थललाई बिस्तार गर्न तिर लाग्नु् पर्ने सुझाव मन्त्री रायले दिए।प्रदेश मन्त्री रायले घना जंगल भनेका दोस्रो अन्तराष्ट्रिय विमानस्थाल निर्माणको बिरोध गरेका टाँगिया बस्तीमा १४ सय ७६ घरधुरी रहेको र मन्त्रीले हावाको भरमा घना जंगल भएको दावी गरेको निजगढका संचारकर्मी महेश्वर अधिकारी बताएको छ।

प्रकाशित: १६ भाद्र २०७६ ११:३४ सोमबार

अन्तराष्ट्रिय विमानस्थल राम_नरेश_राय वातावरणमन्त्री प्रदेश_२