समाज

करेन्ट लागेर एक जनाको मृत्यु

फाइल फोटो

कैलाली – घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका–४ कुडीका २७ वर्षीय चन्द्रलाल चौधरी रहेका इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। बिजुलीको पोलमा चढेर इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि टीकापुर पठाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए। रासस

प्रकाशित: १५ भाद्र २०७६ १३:३१ आइतबार

करेन्ट मृत्यु कैलाली