समाज

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन - पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।  
 पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ।  मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ।  दुर्घटना राति ११ः४० बजे भएको हो।  रासस

प्रकाशित: १५ भाद्र २०७६ ०२:४२ आइतबार

ट्रक ठक्कर पैदलयात्री