समाज

बलात्कारको आरोपमा एक जना पक्राउ

फाइल फोटो

सप्तरी–राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालाई प्रहरीले पक्राउ गरेको हो। पैदल घर फर्किरहेका बेला विहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन्।

बालिकालाई नशालु पदार्थ मिसिएको फ्रुटी खान दिई बेहोस बनाएरराजविराजको शहीद दर्शनचोकबाट बैष्णवी काली मन्दिर नजिक रहेको कल्टुदास पोखरीको डिलमा लगेर बलात्कार गरेको आरोपित आसमानले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए।

बलात्कारपछि आरोपितले विहीबार राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिकाले रुदै घटनाबारे आमालाई बताएकी थिइन्। विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, ठेगाना बताउन नसकिरहेका बेला सम्भावित व्यक्तिहरुको तस्वीर र फेसबुकबाट पीडितले पहिचान खुले पछि आरोपितलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७६ १३:११ शनिबार

बलात्कार पक्राउ सप्तरी