समाज

न ज्यान बच्यो, न पैसा रह्यो

सिरहा– गैरकानुनी अस्पतालबारे जानकारी भएको भए सन्तान गुमाउनुको पीडा खेप्नु पर्दैन्थ्यो। सरकारी कमजोरीका कारण सन्तान मिर्चैया नगरपालिका–३ सिसवा टोलकी शोभादेवी चौधरीले सुनाइन्। कानुनी रुपमा सञ्चालित हो कि गैरकानुनी ? अस्पतालमा दक्ष जनशतिm छन् कि छैनन् ? अस्पताल सञ्चालन गर्नको लागि अनुमती लिएका छन की छैनन् त्यो हामीलाई के थाहा सोभाले भनिन्। अस्पताल हो,राम्रै राम्रो उपचार होला भनेर उपचार गर्न गएको उल्टै मेरोे जीवननै समाप्त पारिदियो,उनले दुखेसो पोखिन्।

साउन २६ गत्ते सोमबार। पेट दुखेपछि मलाई घरका सदस्यले एम्बुलेन्समा राखेर लहान–३ मा सुनिता श्रेष्ठले सञ्चालन गरेको प्रसुति सेवा केन्द्रमा लगेको उनले रुदैं बताइन्। ३ सन्तानकी आमा शोभाले पहिला मिर्चैया स्थित नर्सिङ होममा नियमित गर्भजाँच गराउँदै आएकी थिइन्। तर, त्यो दिन उनका काका नातापर्नेको सल्लाहमा उनी श्रेष्ठको प्रसूती सेवा केन्द्रमा पुगिन्। उपचारको आशामा प्रसूती केन्द्रमा पुगेपछि श्रेष्ठले मेरीगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा पठाइ दिइन्। त्यहाँ राम्रोसँग चेकजाँच हुन्छ, उपकरण छन् भन्दै पठाएको शोभाकी सासू लिल्साले भनिन। साँझ कतै बाहिर लग्नुपर्छ भनेर सोध्दा सुनिता दिदिले भनिन,‘यही नर्मल प्रसुती हुन्छ, कतै जानुपर्दैन, भनेको लिल्साले सम्झिइन्।

राति करिब १२ बजे डाक्टरनी दिदीलाई सोधे,‘के भयो ?जबाफ आयो, ‘हामीले बच्चालाई बचाउन सकेनौं, आमाको हालत पनि नाजुक छ।’अत्याधिक रतmश्राव रोकिदै रोकिदैन। छिटो बाहिर लानुस्।  यो खबरले लिल्लाको सबै परिवार शोकमा प¥यो।  छोराको आशमा शोभा चौथो पटक गर्भवती भएकी थिइन्। प्रहरीलाई घटना जानकारी गराएर सिकिस्त सोभालाई लिएर लिल्सासहितका परिवारजन विराटनगर स्थित नोबेला शिक्षण अस्पताल पुगे।

करिब १२ दिन आईसियूमा उपचारपछि शोभालाई जेनरल बार्डमा सारिएलगतै उनको किडनीमा समस्या आयो।उपचारका लागि आफन्तले शोभालाई विराटनगरकै गोल्डेन अस्पताल लग्यो। त्यहाँ पुनः आइसियूमा राखेर पाँच दिन उपचार गरियो। शोभाकी बहिनी सबिताका अनुसार त्यहाँ उनको किडनी तीन पटक डाइलासिस गरिएको उनले बताइन्। विराटनगरको नोबेल र गोल्डेन अस्पतालमा १६ दिनसम्म आइसियूमा उपचारपछि शोभा सोमबार डिस्चार्ज भएर घर फकिइन्।तर,उनले उक्त समस्याबाट छुटकरा पाएकी छैन्।

पाठेघर, किडनी लगायतका अंगमा खराबीका कारण पेट दुख्ने, रक्तश्राव क्रम नरोकिएको उनले रुदै सुनाइन्।प्रहरीले लहान–३ स्थित मेरिगोल्ड पोलिक्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरका सञ्चालक चन्दन साहलाई पक्राउ गरि इलाज सम्बन्धि कसूरमा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाएको छ। तर, यस पोलिक्लिनिकमा पठाएर उपचारमा संलग्न स्वास्थ्यकर्मी प्रहरी नियन्त्रण बाहिर छ।मेरिगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरलाई सुत्केरी सेवा दिने अनुमति नभएको जिल्ला स्वास्थ्य प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए। यो पोलिक्लिनिकले प्रहरी,प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयको संरक्षणमा गैरकानुनी रूपमा प्रसूति सेवा सञ्चालन गर्दै आएको पाइएको छ।  

निजी स्वास्थ्य संस्थाले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेर विरामीको उपचारमा लापरवाही गर्दा शिशुको ज्यान गएको र प्रसूती महिलाले दिर्घकालिन स्वास्थ्य पीडा खप्नुपरेको यो पहिलो घटना भने पक्कै होइन। सिरहाको औरही गाउँपालिका–४ इटाटार कमलपुरकी रामबत्तीदेवी यादव नवजात शिशु गुमाएर शारिरिक रुपमा थलिएको तीन वर्ष भयो। एक निजी स्वास्थ्य संस्थाको गैरकानुनी उपचारका कारण उनको पहिलो सन्तान खेर गयो, जीवनभर ऋणको भारी बोकायो र पाठेघर सम्बन्धि दिर्घ रोगी बनाइदियो।  

पहिलो पटक आमा बन्दै गरेकी रामबत्ती ८ महिनाको गर्भवत्ती हुँदा अचानक पेट दुख्ने तथा रतmश्राव हुने समस्या भयो। दूरदेहातका उनलाई पत्ती लालबावुले एम्बुलेन्समा लहान–३ स्थित लिलामदन पोलिक्लिनिक एन्ड प्रसुती गृह लगे। एम्बुलेन्स चालकले उनलाई त्यहाँ पुयाएका थिए। यो पोलिक्लिनिकले तीन दिन उपचारपछि ठिक भएको भन्दै औषधी दिएर घर पठायो। गर्भमा रहेको बच्चा ठिक भन्दै औषधी खाँदैगर्नु सबै ठिक हुन्छ भनेर तीन दिनमा १३ हजार उपचार खर्च बुझाएर घर फर्केको लालबावुले सुनाए।

तर, ठिक हुनु त कता हो कता सात दिन नबित्दै रतmश्राव झन बढ्यो। रामबत्तीलाई फेरि एम्बुलेन्समा राखेर लिलामदन पोलिक्लिनिक पुर्याउँदा डाक्टरले भने,‘ बच्चा पेटमै मरिसकेको छ,चाँडो अप्रेशन नभए आमालाई पनि खतरा छ’,भने अस्पताले भने लालबाबुले बताए। आफुले जसरी पनि आमालाई बचाउन आग्रह  गरेपछि अप्रेशन गरेर बच्चा झिकिदिएको भनेर ५० हजार लिएको तर, रामबत्तीको स्वास्थ्य अवस्था विगारी दिएको लालबाबुले बताए। यस्तै आफनो पीडा भन्दा सन्तानको पीडाले थला गरेकी रामबत्तीले भनिन््,‘सरकारी लापरवाहीका हामीले जस्ता गरिवको सन्तान खेर गइरहेको छ।’ हामीलाई सन्तान सुख खोस्ने स्वास्थ्य संस्थालाई सरकार कारवाहीको साटो संरक्षण दिइरहेको देख्दा दुःख लाग्छ,उनले गुनासो पोखिन।

यस्तै सिरहाको भगवानपुर गाउँपालिका–७ की मनिषा यादव पहिलो पटक आमा बन्दै थिइन्। उनको तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले राउ अस्पताल लहान लगे। अस्पताल पुगेपछि उनलाई डा. सुशीला सिंहले अस्पतालसँगै सञ्चालन गरेको श्रेया पोलिक्लिनिकमा लगिन। श्रेया पोलिक्लिनिकमा डा. सिंहले भिडियो एक्सरे गरेर बच्चाको अवस्था ठीक छ भनी कही औषधि दिएर घर पठाइन्। औषधि खाँदा पनि दुखाइ ठिक नभएपछि भोलिपल्ट फेरि राउ अस्पताल पुगिन। डाक्टर सिंहको सल्लाह अनुसार परिवारजनले मनिषालाई अस्पतालमा भर्ना गरे। तर, नर्सले मनिषालाई प्रसूति कक्षमा लगेको केहीबेरमै पेटभित्रै बच्चा मरिसकेको जानकारी गराए।

‘एक दिनअघि जाँच गराउँदा बच्चाको अवस्था ठिक छ भनेर घर फर्किएकि मनिषालाई भोलिपल्ट जाँदा पेटभित्रै बच्चा मरेको भन्दा विश्वासै नलागेको बताइन्।डाक्टरको लापरवाहीका कारण आफ्नो सन्तान खेर गएको उनको पीडा सुनाए। कानुन विपरित सञ्चालन भएका स्वास्थ्य संस्थाको सरकारले नियमन नगर्दा यस्तो समस्या भएको उनले सुनाइन्।

प्रकाशित: १४ भाद्र २०७६ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App