समाज

बलात्कार अभियुक्त बालकलाई साढे ६ वर्ष कैद

जिल्ला अदालत उदयपुर । तस्बिरः महेश्वर/नागरिक

उदयपुर– उदयपुरका एक बालकलाई ६ वर्ष ८ महिना जेल सजायको फैसला सुनाइएको छ। बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेका बालकलाई जिल्ला अदालत उदयपुरले बिहीबार ६ बर्ष ८ महिना कैद सजायको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश दिपक खनालको एकल इजलासले १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षमा सुधारगृहमा राखिएका १७ वर्षीय बालकलाई बलात्कार कसुर ठहर्दै उक्त कैद र पीडितलाई १० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।

०७५ कात्तिक २२ गते बालिकालाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

जाहेरीलगत्तै पक्राउ परेका बालकलाई अदालतले ०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो। पुर्पक्षमा गएको लगभग ९ महिनापछि उनलाई कैद र क्षतिपूर्ति जरिवानाको फैसला अदालतले सुनाएको हो।

प्रकाशित: १३ भाद्र २०७६ ११:०० शुक्रबार

बलात्कार बालक बालिका