बाजुरा– बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ। से १ ज १०६४ नम्बरको जीप बिहिबार बुढीनन्दा नगरपालिका १ मटेला गाउँ नजिकैको ओरालोमा ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जानकारी दिए।
जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा कि १७ बर्षीय सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका १० ह्यायाङ्लु निवासी वर्ष २८ कि जनदेवु रोकाया र भारत सितामरी घरभएका २८ वर्षका सुनिल शाह घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जानकारी दिएको छ। ३ घाइते मध्ये सिर्जना कार्की र जनदेवु रोकायालाई थप उपचारका लागि हवाई जहाजबाट नेपाल्गन्ज पठाएको इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ। उक्त जीपमा चालकसहित ९ जना सवार रहेका थिए।
प्रकाशित: १२ भाद्र २०७६ १४:२२ बिहीबार