समाज

अधिकांस भू–भागमा वर्षाको सम्भावना

काठमाडौँ- सामान्यमनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।     

देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन्। पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उनको भनाइ थियो।     

“उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले बताइन्।

त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।रासस

प्रकाशित: १२ भाद्र २०७६ ०७:२५ बिहीबार

वर्षा सम्भावना