समाज

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते एक महिलालाई उपचारका लागी डडेल्धुरा अस्पतालमा भित्र लगिँदै । तस्बिरः नागरिक

डडेल्धुरा– ग्रामिण सडकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन्। भागेश्वर गाउपालिका वडा नं. ४ डुङरी रानागाउ नजिक बुधबार बिहान करिब १० बजेतिर जिप दुर्घटना भएको हो।

अजयमेरु गाउँपालिकाको देवलदिब्यपुरबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउदै गरेको से १ ज २१० नं. को जिप दुर्घटना हुदा पाटन नगरपलिका वडा नंं. ७ कैलपालका ६३ वर्षीय मानमती चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। दुर्घटनामा परि गम्भीर दुई जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

ग्रामिण कच्ची सडकको घुम्तिीमा जिपले नतानेपछि पछाडी गई दुर्घटना भएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए। जीपमा करिब २० जना सवार रहेको जनाइएको छ। क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। अन्य सामान्य घाईतेहरु लाई समेत डडेल्धुरा अस्पताल ल्याईन लागेको उनले बताए।

पाँच सिट पास बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो। पाँच सिट पास जीपलाई प्रशासनसँगको सहकार्यमा १२ जना यात्रु बोक्ने व्यवस्था गरिएको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App