समाज

मिनी ट्रकमा आगजनी

रामेछाप – मन्थली नगरपालिका–५ सुनारपानीमा सोमबार राति रोकिराखेको मिनी ट्रकमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको छ। गाडीचालक सन्देश कार्कीको सुनारपानीस्थित घरमा रातको ११ बजेको समयमा पार्किङमा राखेको बा५ख ३४ब्ःए नम्बरको मिनी ट्रकमा आगजनी भएको हो।

गाडी पूर्ण रूपमा जलेको छ। ट्रकमा कसले आगो लगायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ। गाडीधनी नवीन कार्की जिल्लामा सञ्चालित तामाकोसी ढुवानी सेवा समितिका अध्यक्षसमेत रहेका छन्।

 

प्रकाशित: ११ भाद्र २०७६ ०२:१७ बुधबार

मन्थली_नगरपालिका मिनी_ट्रक आगजनी