समाज

खोलाले बगाउँदा विद्यार्थी बेपत्ता

नुवाकोट – किस्पाङ गाउँपालिका–३ काउलेस्थित होलिभिजन बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्।

किस्पाङ गाउँपालिका–१ भाल्चका मंगल घलेका ९ वर्षीय छोरा सरोज घले सुमवर खोलाले बगाएर बेपत्ता भएका हुन्। सोमबार अपराह्न विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको प्रहरी चौकी फिकुरीका प्रहरी सहायक निरीक्षक महानन्द यादवले बताए।

प्रकाशित: ११ भाद्र २०७६ ०२:१५ बुधबार

विद्यार्थी बेपत्ता