समाज

सिधुवामा धुपी रोपेर वृक्षारोपण

धनकुट – धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवा बजारलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने लक्ष्यका साथ सोमबार १ सय ५० वटा धुपीको बिरुवा रोपिएको छ।

गाउँपालिकाको ७ लाख ५० हजार र निगाले सिमेन्ट उद्योगको ५० हजार गरी जम्मा ८ लाखमा धुपीको बिरुवा खरिद गरेर बजार क्षेत्रमा १ सय ५० वटा धुपीको बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ।

सिधुवा बजार व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको थियो। उक्त वृक्षारोपण कार्यक्रम गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिका उपप्रमुख भीमकला श्रेष्ठ र वडा नं ६ का अध्यक्ष दिलबहादुर थापालगायतको उपस्थिति थियो।

प्रकाशित: १० भाद्र २०७६ ०६:१७ मंगलबार

छथरजोरपाटी_गाउँपालिका सिधुवा_बजार वृक्षारोपण