समाज

सचिव केसीले सम्हाले पदभार, दाहालको विदाई

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नवनियुक्त सचिव विनोद केसीले कार्यभार सम्हालेका छन्। वर्तमान सचिव महेश दाहाल शिक्षा मन्त्रालयमा सरुवा भएपछि राष्ट्रपति कार्यालयमा कार्यरत केसीले आइतबार श्रम मन्त्रालयको सचिवको पदभार ग्रहण गरेका हुन्। 

केसीसँग वैदेशिक रोजगार सम्बन्धी लामो अनुभव छ। यसअघि उनले श्रम मन्त्रालयको सहसचिव र वैदेशिक रोजगार विभागको महानिर्देशकको रुपमा काम गरिरहेका छन्। 

उनलाई मन्त्रालयमा कर्मचारी, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीले स्वागत गरेका थिए। 

पदभार ग्रहण गर्दै सचिव केसीले सुरक्षित रोजगार र कामदारको हितमा काम गर्ने प्रतिबद्धता जनाए। उनले श्रमिकको न्युनतम ज्यालालाई कडाईका लागु गरिने पनि स्पष्ट पारे। 

सचिव केसीलाई स्वागत गर्दै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरुवा भएका सचिव दाहालको कार्यकालमा सुधारको अभियान सुरु भएको स्मरण गर्दै केसीको कार्यकालमा वैदेशिक रोजगार व्यवस्थित र मर्यादित हुने विश्वास व्यक्त गरे। 

सचिव केसी वैदेशिक रोजगारको विषयमा जानकार रहेको भन्दै उनले नीतिगत र कार्यगत काम द्रुत गतिमा अघि बढ्ने बताए। 

प्रकाशित: ८ भाद्र २०७६ १५:१७ आइतबार

श्रम_मन्त्रालय सचिव_विनोद_केसी कार्यभार