समाज

बसको ठक्करबाट महिलाको मृत्यु, एक घाइते

तनहुँ- दमौलीबाट छाब्दी जाँदैको गरेको बसको टक्करबाट एक जना महिलाको मृत्यु भएको छ। छाब्दा जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनि बसको ब्रेक फेल भएपछि पछाडि गुड्दा पछाडिबाट आउँदै गरेकी गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट गम्भीर घाइते पन्तलाई दमौली अस्पतालमा उपचारमा पु-याउँदा चिकित्सकले मृत घोषण थिए।

त्यस्तै उक्त बसमा सवार गोरखा जिल्ला घर भई व्यास–१ भादगाउँ बस्दै आएकी ५० वर्षीया सावित्री अधिकारी सामान्य घाइते भई रत्नहरी अस्पतलामा उपचार भइरहेको छ। ठक्कर दिने उक्त बस र चालकलाई प्रहरी नियन्त्रण लिएको छ।

प्रकाशित: ८ भाद्र २०७६ १०:४० आइतबार

मिनि_बस दुर्घटना मृत्यु घाइते