समाज

पहिरोले दुई कन्टेनरमा क्षति

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै शुक्रबार दिउँसो गएको पहिरोमा परेर दुईवटा कन्टेनरमा क्षति पुगेको छ। पहिरोले ना ६ ख ५४९७ र ना ५ ख ५८०३ नम्बरको कन्टेनरमा क्षति पुगेको हो।

तातोपानी क्षेत्रमा दैनिकजसो पहिरो जाने गरेको छ। यस क्षेत्रमा पहिरो रोकथामको काम गर्न आवश्यक रहेको स्थानीय बताउँछन्। स्याफ्रु–रसुवागढी सडक खण्ड पहिरोको उच्च जोखिममा छ। यस क्षेत्रमा पहिरोका कारण यसअघि पनि सवारी साधन क्षति हुँदै आएका थिए।

प्रकाशित: ६ भाद्र २०७६ ११:२२ शुक्रबार

रसुवा तातोपानी कन्टेनर क्षति