समाज

इन्सपेक्टरलाई घुस दिने पक्राउ

भक्तपुर– प्रहरीलाई घुस दिएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। सिन्धुपाल्चोक चौतारा स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष ५६ को गंगालाल श्रेष्ठले जुवा खेलाउन दिनुपर्यो भनी परिसरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टको कार्यकक्षमा घुस स्वरुप नगद ४० हजार दिएको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरी निरीक्षक बिष्टले यसबारे परिसरमा जानकारी गराएपश्चात घुस दिने गंगालाल श्रेष्ठ र निजले घुस दिएको नगदसमेत पक्राउ गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान तथा कारवाहीका लागी बुझाइएको जनाइएको छ।  

प्रकाशित: ५ भाद्र २०७६ १३:१९ बिहीबार

घुस प्रहरी