समाज

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

विराटनगर- अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन्। सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आँखा, कान तथा पुर्नस्थापना: वर्तमान स्थिति र भविष्यका रणनीति’ सम्बन्धी एकदिने गोष्ठी शुभारम्भमा सो कुरा बताइएको हो।     

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गुणस्तरीय सेवाकै कारण छिमेकी तीन राष्ट्रका जनता पनि यहाँ उपचार गर्न आएका र अस्पतालले पु¥याएको योगदानको प्रशंसा गर्दै ग्रामीण तथा पहाडीका क्षेत्रका जनताका लागि पनि सेवा विस्तर गर्नुपर्नेमा जोड दिए।     

सङ्घका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, लहानस्थित सगरमाथा आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी र अस्पतालका प्रा.डा. सञ्जयकुमार सिंहले उक्त अस्पतालको योगदानका विविध विषयमा चर्चा गरेका थिए।

उक्त गोष्ठीमा प्रदेशका स्थानीय निकायका प्रमख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति सङ्घका पदाधिकारीहरुको सहभागिता थियो। उक्त अस्पतालमा नेपालका ७६ जिल्ला बिरामी उपचारका लागि आउने गरेका बताइएको थियो।रासस    
   

 

प्रकाशित: ५ भाद्र २०७६ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App