समाज

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

फाइल तस्बिर

काठमाडौँ – काठमाडौँको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा आगलागी भएको छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न १२ बजेतिर आगलागी भएको महानगरिय प्रहरी बृत बालाजुले जनाएको छ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एउटा अस्थाई भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्।

प्रकाशित: ५ भाद्र २०७६ ०७:०१ बिहीबार

आगलागी औद्योगिक_क्षेत्र