समाज

गोली केन्द्रविन्दु बनाएर भूकम्प

सोलुखुम्बु - सोलुखुम्बुको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूटको  भूकम्प गएको छ। बिहीबार बिहान ७ बजेर ७ मिनेटमा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूटको  भूकम्प गएको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 भूकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महसुस भएको छ। क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए। बिहिबारको  भूकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए।

प्रकाशित: ५ भाद्र २०७६ ०५:१२ बिहीबार

भूकम्प पराकम्प