समाज

महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रवक्तामा चन्द

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता परिर्वतन फेरिएका छन्। परिसरका नयाँ प्रवक्ताका रुपमा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द नियुक्त गरिएकाे परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए।

यसअघि प्रवक्ताकाे रूपमा रहेका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादित जनसरोकारका विषयको जानकारी संचारमाध्यलाइ जानकारी गराउँदै आएका थिए।

उनकाे सरूवा भएपछि उनको ठाउँमा नयाँ प्रवक्ता नियुक्त गरिएको परिसरले जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ भाद्र २०७६ २२:०६ बुधबार

महानगरीय_प्रहरी_परिसर_काठमाडौं प्रवक्ता