समाज

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (फोटोफिचर)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल -भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन्। बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन्। राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ। नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो।

एस_जयशंकर बालुवाटार