समाज

सार्कलाई सक्रिय बनाउन आग्रह

काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानबीच सिमान्त क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकाप्रति चिन्ता व्यक्ति गरेको छ। समाजले आइतबार काठमाडौस्थित भारतीय र पाकिस्तानी राजदूतावास अगाडि धर्ना दिँदै सार्कलाई सक्रिय बनाउन आग्रह गरेको हो।

‘युद्ध निषेधः शान्ति विशेष अभियान’ सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि सम्भावना खारेज गर्न आग्रह गर्दै उसले दुई देशबीच वार्ता अघि बढाउन पनि भनेको छ। ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई सक्रिय बनाउँदै मित्रतालाई गहिरो बनाउन आह्वान पनि गरेको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०२:३४ बुधबार

मानव_अधिकार शान्ति_समाज गोलाबारी तनाव