समाज

श्रीमानकाे कुटाइबाट मृत्यु

उदयपुर- बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ। 

गएराति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए। सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए। तीर्थलाई पक्राउ गरी  कारवाही अगाडि बढाइएको उनले बताए। रासस

प्रकाशित: ३ भाद्र २०७६ १२:२९ मंगलबार

बेलका_नगरपालिका श्रीमान श्रीमती_कुटपिट मृत्यु