समाज

योजना आयोगमा मृत भेटिएका नायब सुब्बाको सुसाइड नोट भेटियो

काठमाडौं– सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका बच्चुराम केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ। प्रहरीले मुचुल्का उठाउने क्रममा केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको हो। 

मृतक केसीले आफू कसैको कारण आत्महत्या नगरेको प्रष्ट पारेका छन्। उनले आफ्नो मृत्युका कारण कसैलाई कुनै पनि आरोप नलगाइदिन आग्रह समेत गरेको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

अपराधस्थलमा खटिएका एक अधिकृतका अनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन्। आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन। पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन्।

उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ। औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ। उनी सोमबार राति कार्यालयमै बसेका थिए।

प्रकाशित: ३ भाद्र २०७६ १०:४८ मंगलबार

नायब_सुब्बा सुसाईड_नोट सिंहदरबार बच्चुराम_केसी