समाज

फोटो पत्रकारहरू भन्छन्- युट्युबरलाई कसले कन्ट्रोल गर्ने ? (भिडियाे)

काठमाडौं– आज अगष्ट १९ अर्थात् विश्व फोटोग्राफी दिवस। आजकै दिनलाई विश्वमा फटोग्राफीको दिन भनेर मनाइने गरिन्छ। विश्वका हरेक कुनामा रहेका फोटोग्राफरहरुमा प्रभाव र कामको उत्साह थप्नका लागि यो दिवस मनाइदै आएको हो।

नेपालमा फोटोग्राफीको इतिहासलाई हेर्दा यो एक सय वर्षभन्दा धेरै भएको छैन्। तरपनि यसलाई पेशाका रुपमा अंगाल्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।  फोटोपत्रकारिता फोटोग्राफीको एउटा अभिन्न अङग हो। यो कुराकानीका क्रममा नेपाल रिपब्लीक मिडियाका फोटो सम्पादक विजय राई, अन्नपूर्ण पोष्टका फोटो सम्पादक विकास कार्की र एजेन्सी फ्रान्स प्रेस(एएफपी) का फोटो पत्रकार प्रकाश माथेमासँग नेपालमा फोटो पत्रकारिताको अवस्था र यसको चुनौतीका बारेमा छलफल गरेका छन्।

प्रकाशित: २ भाद्र २०७६ १२:४७ सोमबार

विश्व_फोटोग्राफी_दिवस नेपाल