समाज

जात्रा हेर्न गएका युवा मृत अवस्थामा भेटिए

नुवाकोट– नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन्। तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय  विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन्। 

सोमबार विहान रामशरण उप्रेतीको खेतमा कट्टेललाई मृत अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय खरानीटारमा खबर गरेका थिए। उनी खरानीटारमा जात्रा हेर्न भनि साउन ३१ गते घरबाट निस्किएका थिए। 

प्रहरीले मुचुल्का गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। 

घनाटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। 

प्रकाशित: २ भाद्र २०७६ १०:५८ सोमबार

नुवाकोट जात्रा युवक मृत्यु