समाज

भोटेकोशीमा आएको बाढीले पुल बगायो

रसुवा– रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ। रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो। अहिले यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँको गाडी सार्न लागिएको छ। 

यार्ड भन्दा पारि रहेको बस्तीका मान्छे सुरक्षित स्थानमा सारिएको छ। खाल्डे बगरका बस्तीका नागरिकलाई प्रहरीमार्फत सुरक्षित स्थानमा बस्न तथा नदी आसपास हिँडडुल नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

प्रकाशित: १ भाद्र २०७६ १५:५१ आइतबार

भोटेकोशी बाढी पुल_बगायो रसुवागढी_भन्सार_कार्यालय