समाज

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

फाइल फाेटाे

रुकुमपूर्व- मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ। बागलुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। रासस

प्रकाशित: ३१ श्रावण २०७६ १३:३९ शुक्रबार

राष्ट्रियसभा_अध्यक्ष गणेश_तिमल्सिना हेलिकप्टर