समाज

भालुको आक्रमण तीन जना घाइते, एकको अवस्था गम्भीर

अछाम– जिल्लामा भालुकाे आक्रमणबाट गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको छ। शुक्रबार विहान ८ बजेको समयमा मंगलसेन नगरपालिका वडा नम्वर ७ जनालीवण्डालीको दमाईवडामा भालुलाई लखेट्ने क्रममा उनीहरु घाईते भएका हुन।

घर नजिकै बारीमा लगाएको मकै भालुले खान लागेको थाहा पाएपछि स्थानीयले भालुलाई लखेट्दा आगनमा खेलिरहेका २ वर्षका ओमप्रकास नेपाली, ८ वर्षकी उर्मिला नेपाली र ५२ वर्षका प्रेम ढुंगानालाई भालुले घाइते बनाएको हो।

घाइते तीनै जनाको निधार, छात्ति, कम्मर हात, टाउको र अनुहारमा चोट लागेको छ। ओमप्रकाश र उर्मिलाको अवस्था सामान्य रहेको छ भने प्रेमको अवस्था गम्भीर रहेको छ’ उनले भने।

प्रकाशित: ३१ श्रावण २०७६ १३:१७ शुक्रबार

भालु_आक्रमण घाइते