समाज

प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं - काठमाडौं कोटेश्वर चोकनजिकै प्रहरीको भ्यानले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा परिचय नखुलेका पैदलयात्रीको मृत्यु भएको हो। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिएको हो।

घाइते पैदलयात्रीको बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। घाइते भएका  पैदलयात्रीलाई ट्रमा सेन्टर लगिएकोमा छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित: २९ श्रावण २०७६ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App