समाज

बेसहारा सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

जुम्ला - परिवार र आफन्तले वास्ता नगरेपछि अस्पतालमै अलपत्र परेकी सुत्केरी जुम्ला पातारासी गाँउपालिका तल्फी गाउँकी ३५ वर्षीया पुतली महतारालाई करिब दुई सातापछि श्रीमान वीरबहादुरको जिम्मा लगाइएको छ। स्थानीय प्रशासन र गाउँपालिकाका प्रतिनिधिको रोहबरमा पुतलीलाई परिवारको जिम्मा लगाइएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी पुतलीले छोरी जन्माएपछि श्रीमान वीरबहादुरले अस्पतालमै छाडेर गएका थिए। सुत्केरुी अवस्थामा श्रीमानले अस्पतालमै छाडेर गएपछि पुतलीले केहि दिन कष्टकर रुपमा बिताएकी थिइन्।  आफूले छोरी जन्माएपछि श्रीमानले छाडेर गएको उनकाे भनाइ थियाे।

अस्पतालबाट डिस्चार्ज भएपछि सदरमुकाममा अलपत्र परेकी पुतलीको स्थानीय नारी आवाज रेडियोका कर्मचारीले प्रशासन र गाउँपालिका जनप्रतिनिधिलाई खबर गरेका थिए। खबरपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले उनको पुनः निःशुल्क रुपमा उपचार गरेको थियो। केहि दिनकाे उपचारपछि पुतलीलाइ अाफन्तकाे जिम्मा लगाइएकाे हाे।

प्रकाशित: २९ श्रावण २०७६ ०६:१३ बुधबार

सुत्केरी डिस्चार्ज छोरी विभेद