समाज

गाँजाको बोट नष्ट

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरी नष्ठ गरेको  छ। महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए।

स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो। गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उनले बताए।

गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुन्डु नयाँबस्तीमा रहेको करीब चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो।रासस

प्रकाशित: २९ श्रावण २०७६ ०४:१२ बुधबार

गाँजा फडानी नष्ठ