समाज

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

प्रतिकात्मक तस्बिर

काठमाडाैं– त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाैँ तलाको एक कोठामा आगलागी भएको जानकारी दिए। आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए। आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २७ श्रावण २०७६ १४:४१ सोमबार

शिक्षण_अस्पताल आगलागी