समाज

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा कुकर बम बिस्फोट

काठमाडौं - झापाको विर्तामोड नगरपालिकाको वडा संयुक्त वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा सोमबार बिहान बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे ४ बजेतिर बिस्फोट भएको हो। बिस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

'कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको सेनाको टोलीले जनाएको छ। उनले भने, झ्याल ढोका बाहेक कार्यालयका कागजात सुरक्षित छन्।' उनले घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको बताए।

 

 

 

प्रकाशित: २७ श्रावण २०७६ ०१:५४ सोमबार

बम_बिस्फोट विप्लव