समाज

भक्तपुर दुर्घटनामा १६ जना घाइते

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुलमुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ न. को बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं.को ३ वटा बसलाई ठक्कर दिँदा १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएकोे छ।

१३ जनालाई उपचारका लागी नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगी उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घाइतेहरु सबैको अवस्था सामान्य रहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। ४ वटै सवारी साधन महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा रहेको जनाइएको छ। ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउपालिका ६ घर भई हाल काठमाडौ ताहचल बस्ने बर्ष ३० को दिपकराज ठकुरी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको जनाइएको छ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
 

प्रकाशित: २६ श्रावण २०७६ ०९:१३ आइतबार

अरनिको_राजमार्ग दुर्घटना घाइते