समाज

स्वयम्भुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेलले दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २५ श्रावण २०७६ १३:१५ शनिबार

दुर्घटना मोटरसाइकल ट्रक मृत्यु स्वयम्भु