समाज

भारततर्फ लग्दै गरेको मदिरासहित जीप पक्राउ

मदिरा बोकेको भारतीय जीप

लहान– सिरहाको बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो जीप पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

स्कर्पियो जीपभित्र ५० वटा कार्टुनमा प्याक मदिरा रहेको प्रहरीले जनाएको छ। प्रहरीको गस्ती टोलीलाई देखेर चालक जीप छोडेर फरार भएका थिए। जीपसहित मदिरा आवश्यक अनुसन्धानपछि  कारबाहीका लागि भन्सार कार्यालय माड्रमा बुझाइने एसपी चतुर्वेदीले बताए।

भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि मदिरा सेवनका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन्।
 

 

प्रकाशित: २५ श्रावण २०७६ १०:४८ शनिबार

मदिरा बरियारपट्टी_नाका तस्करी