समाज

वैदेशिक रोजगारीका क्रममा मृत्यु

बझाङ- वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो।

गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए। पाण्डेको शव युएई सरकारको पहलमा प्रक्रियागत रुपमा नेपाल ल्याएर आज कालीगण्डकीको खोरिया घाटमा अन्त्येष्टि गरिएको छ।

घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुत्नुभएको र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो।हृदयाघातका कारण पाण्डेको मृत्यु भएको अस्पतालले जनाएको छ। पाण्डेका दुई नाबालक  छोरा, एक छोरी र श्रीमती छन्। रासस

प्रकाशित: २४ श्रावण २०७६ १५:३१ शुक्रबार

वैदेशिक_रोजगारी मृत्यु