समाज

एउटा यस्तो बदलाः जसले सर्पलाई टोकेरै मारे

भारत– भारतको उत्तरी राज्यको उत्तर प्रदेशमा एकजना व्यक्तिले सर्पसँग बदला लिनका लागि टोकी टोकी मारेका छन्। केही दिन अगाडीको कुरा हो, राज कुमार नाम गरेका व्यक्ति कामबाट फर्केर घरमा आराम गरिरहेका थिए। सोही क्रममा एउटा सर्पले आएर उनलाई टोकेको थियो।

थकाई मेट्न भनेर पानी खाई बसेका राज कुमारलाई यसरी आफुलाई सर्पले टोकेको देखेर रिसले चुर हुँदै त्यही सर्पलाई दाँतले टोकेर टुक्रा टुक्रा पारेर मारेका थिए। राज कुमारका बुवा बाबुरामका अनुसार उनले आफ्नो घाउको वास्ता नगरी सर्पसँग बदला लिए हुन्। बाबुरामले भने, छोराले रिसले चुर हुँदै मेरै आँखाको अगाडी सर्पलाई टुक्रा पारी चपाउँदै मारे।

घटनापछि राजकुमारका परिवारले उनलाई तुरुन्तै अस्पताल लगेका थिए। र्याट स्नेक जातीको सर्प भएकाले त्यती विषात्त नभएको चिकित्सकले बताए। राज कुमारको उपचार गरिरहेका चिकित्सक एनपी सिंहले भने, ‘साच्चिकै यो घटना एकदमै नौलो हो र मैले आफ्नो जीवनमा यस्तो घटना अहिलेसम्म सुनेको थिएन। मैले सर्पले टोकेर आएको विरामी देखेको छु तर यो यस्तो घटना हो कि सर्पलाई मान्छेले टोकेर झोलामा लिइएर आएको छ।’ रोयटस

प्रकाशित: २४ श्रावण २०७६ ११:२७ शुक्रबार

भारत उत्तर_प्रदेश सर्रप बदला