समाज

अपहरणकाे धम्की दिने लुटेरामाथि गोली प्रहार

काठमाडाैँ -  छोरीलाई अपहरण गरेर मारिदिन्छु भन्दै धम्की दिने लुटेरमाथि प्रहरीले गोली चलाएको छ। रामेछाप लिखु तामाकोशी गाउँपालिकाका प्रमुखलाई लुटेरा लोपचन लामा भनिने मिलनले दुई करोड रुपैयाँ माग्दै धम्की दिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

उनले भने,‘ गाउँपालिकाका प्रमुख गोविन्द बहादुर खड्कालाई लुटेरा मिलानले दुई करोड रुपैयाँ मागे र रुपैयाँ नदिए छोरीलाई अपहरण गरेर मारिदिन्छु भन्दै धम्की दिएपछि प्रहरीले पक्राउ गरेको हो।

उनका अनुसार प्रहरी मिलनलाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा २ राउण्ड गोली चलाएर पक्राउ गरिएको हो। मिलनलाई दुबै गोली खुट्टा मूनि लागेको छ। मिलनसँगै उनका सहयोगी एक अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो। 'दुवै जना रामेछाप घर भएका हुन्,'एसएसपी सहकुल थापाले भने,'उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका थिए।'

 

प्रकाशित: २४ श्रावण २०७६ ०७:२१ शुक्रबार

छोरी लुटेरा अपहरण गोली