समाज

स्वयम्भूमा गोली चल्यो, दुई जना पक्राउ

काठमाडौंः काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

उनलाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाले पुष्टि गरे। लामासँगै उनका सहयाेगी एक जनालाई समेत पक्राउ गरिएकाे छ। लामामाथि अपहरण र डाका चाेरीकाे मुद्दा रहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित: २४ श्रावण २०७६ ०६:५८ शुक्रबार

पक्राउ गोली_चल्यो