समाज

सुविसु इन्टरनेटको भवनमा आगलागी

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो।

काठमाडौं प्रहरीका अनुसार आगलागी भएको स्थानमा आगो निभाउन सेना, प्रहरी र काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं उत्तम सुवेदीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ। विदयुत सर्ट भइ आगलागी हुनसक्ने प्रहरीकाे अनुमान छ।

प्रकाशित: २२ श्रावण २०७६ ०७:४० बुधबार

इन्टरनेट_सेवा_प्रदायक_कम्पनी_सुविसु आगलागी