समाज

फेसवुकमा 'अर्को जुनीमा भेटौंला' लेख्दै युवकद्वारा आत्महत्या

काठमाडौं - १३ वर्षको हुँदा धादिङमा बस दुर्घटनामा परि एउटा खुट्टा गुमाएका युवक लामा धेरैका लागि प्रेरणाका स्रोत थिए।

दुर्घटना पछाडि साइकललाई आफ्नो अर्को खुट्टा बनाएका युवक लामा आइतबार मध्यान्न १२ बजेर ४५ मिनेटमा आफ्नो फेसबुकमा  'सबैले बिर्सिदिए हुन्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौंला' भन्ने लेख्दै यो संसार बाट टाढिए। उनको साइकल कुदाउने अदभुत प्रतिभाको सबैले मुक्तकण्ठले प्रसंसा गर्थे।

लामाबारे नागरिक न्यूजले भिडियो सामाग्री तयार पारेको थियो।

यसरी साइकल चलाउँदा कसैले भएको अर्को खुट्टा पनि भाँचिएला भनेर भन्ने गरेको उनी सुनाउँथे। साधारण र चनचले स्वभावका युवक लामाको देहवसाहनले धेरैलाई मर्माहित र स्तव्ध बनाएको छ। प्यारा ओलम्पिकमा भाग लिएर देशको नाम उच्च बनाउने उनको सपना सपनामै सिमित भयो। सानै उमेरमा जिन्दगीको धेरै उत्तरचढाव भोगेका थिए उनले। बच्चा बेलामा आफ्नो आमा गुमाए, त्यसपछि एउटा खुट्टा तर पनि उनको जोस जांगर र अत्मबल सम्झन लायक थियो।

आफूलाई मानिसहरुको कथा मनपर्ने र त्यहि रहरले भविष्यमा पत्रकार बन्ने सपना राखेका थिए युवकले। साइकल ग्रुपमा उनी नीकै चर्चित थिए र हरेक राइडमा सहभागी हुन्थे। साइकलकै माध्यमबाट देशका विभिन्न ठाँउ पुगेका युवक धेरै युवालाई जिन्दगीमा अघि बढ्न प्रेरणा दिन्थे। आइतबार हात्तिवनको उनको कोठामा उनी झुण्डिएको अवस्थामा फेला परे।

प्रकाशित: २० श्रावण २०७६ १०:०४ सोमबार

साइकल आत्महत्या