समाज

विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

सर्लाही– विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका पाँचजना बिरामी परेका छन्।

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका हुन्। बागमती नगरपालिका–१२ निवासी ४० वर्षीया राजकुमारी बोट तथा उनका छोराहरु क्रमशः १८ वर्षीय कृष्ण बोट, अमन बोट, करण बोट र बुहारी सुनिता बोट बिरामी भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

बिरामीहरुको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ। उपचारपश्चात बिरामीहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जानकारी दिएकाे छ। उनीहरुले जंगलबाट टिपेर ल्याएको च्याउ शुक्रबार राती खाएका थिए।

प्रकाशित: १८ श्रावण २०७६ १२:४३ शनिबार

विषालु_च्याउ बिरामी