समाज

रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको मृत्यु

ओखलढुंगा– ओखलढुंगामा आफ्नै उद्योगको मछिनोको तेल खाँदा एक पुरुषको ज्यान गएको छ। मोलुङ गाउँपालिका–७ पात्लेका करिब ३९ वर्षिय मकर तामाङ्गको मृत्यु भएको हो। रक्सी भनेर झुक्किएर मछिनोको तेल खादा तामाङ्गको ज्यान गएको वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए। 

शनिबार बिहान तामाङ्गले मदिरा भनेर मछिनोको तेल खाँदा उनको ज्यान गएको अध्यक्ष सुनुवारले बताए। प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनि सेवन गरेपछि गम्भीर बिरामी परेका तामाङ्गलाई उपचारका लागि अस्तपाल लैजादै गर्दा बीच बाटोमा उनको मृत्यु भएको हो। 

यस विषयमा प्रहरीलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताए। तामाङ्गले नौ वर्षदेखि पात्लेमा मछिनोको तेल उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: १८ श्रावण २०७६ ११:५४ शनिबार

रक्सी मछिनोको_तेल मृत्यु ओखलढुंगा