समाज

महावीर गोल्यानसँग १० लाख धरौटी माग

काठमाडौं- सर्वोच्च अदालतले ३३ किलो सुन प्रकरणमा मुछिएका महावीर गोल्यान बाहेक अन्यको हकमा विराटनगर उच्च अदालतकै फैसलालाई सदर गरेहो छ। सर्वोच्चले गोल्यानसँग १० लाख धरौटी माग गरेको छ। न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्तो फैसला सुनाएको हो।

सुन काण्डका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेती जेलमै छन्। यस्तै डिएसपी सञ्जयबहादुर राउत पनि थुनामै छन्। राउत पनि उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए।

यस्तै एसएसपी दिवेश लोहनी, एसपि विकास खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल भने थुना बाहिरै छन्।

गोल्यानले अब थुना बाहिर रहेर कानुनी उपचार खोज्न सक्नेछन्।

प्रकाशित: १७ श्रावण २०७६ ११:४३ शुक्रबार

सुन तस्करी ३३_किलो