समाज

सर्पदंशबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं – नेपालमा पछिल्लो समय बढ्दै गइरहेको सर्पदंशको समस्या बारे छलफल गर्न उच्चस्तरीय सम्मेलन हुने भएको छ।  शुक्रबारदेखि सुरु हुने सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरुको सहभागिता हुनेछ।  दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत नेपालमा सर्पदंशबाट हुने मृत्युलाई शून्यमा पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।

कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ।  कार्यक्रममा बेलायतको ट्रपिकल मेडिसिन विज्ञ प्राध्यापक डेभिड वारेल, अस्ट्रेलियन विषादी अनुसन्धान विज्ञ डेभिड विलियम्सलगायत दर्जन बढी सर्पदंश विज्ञहरुको सहभागिता हुनेछ।  नेपाललगायत दक्षिण एसियाका कतिपय मुलुकमा सर्पदंश जटिल जन–स्वास्थ्यका रुपमा देखिदै आएको छ।  नेपालमा विशेष गरी तराई तथा गर्मी ठाँउका विपन्न समुदायका व्यक्ति सर्पदंशबाट बढी प्रभावित हुने गरेका छन्।

प्रकाशित: १७ श्रावण २०७६ ०४:०६ शुक्रबार

सर्पदंश सम्मेलन