समाज

बालिका बलात्कार गर्ने कारागार चलान

इलाम - छ वर्षअघि बालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन्। रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो। अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो। रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ।
 

प्रकाशित: १७ श्रावण २०७६ ०३:३८ शुक्रबार

बालिका बलात्कार कारागार