समाज

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी

पाँचथर– जंगली च्याउ खाएर विरामी भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपकी ४८ बर्षिय सुनिता चेम्जोङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार साउन ७ गते जंगली च्याउ तरकारीको रुपमा खाएर विरामी परेको चेम्जोङको विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो। उनीसँगै विरामी भएकी सासु १७ बर्षिय सञ्चमाया चेम्जोङको झापाको विर्तामोडमा उपचार भइरहेको छ।

च्याउ खाएर विरामी भएको प्रहरीले ढिला गरीमात्र थाहा पाएको पाँचथर प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। जिल्लामा विगत बर्षहरुमा पनि जंगली च्याउका कारण मृत्यु हुने र विरामी भएका घटनाहरु भएका थिए। 

प्रकाशित: १४ श्रावण २०७६ १५:४२ मंगलबार

जंगली_च्याउ विरामी महिला मृत्यु पाँचथर