समाज

खोटाङकी महिला भोजपुरमा मृत फेला

खोटाङ– पाँच दिनदेखि बेपत्ता खोटाङ केपिलासगढी गाउँपालिका–१, फेदीकी ४९ वर्षीया भइमायाँ राई भोजपुरमा मृत फेला परेकी छन्। साउन ८ गतेदेखि घरैबाट बेपत्ता भएकी राई भोजपुरको ट्याम्केमैयूँ गाउँपालिका–२, छिनामखुको धोत्रेस्थित पाटीडाँडामा मृत फेला परेको प्रहरीले जनाएको छ।

महिलाको शव भोजपुरमा भेटिएकाले घटनास्थल मुचुल्का, पोष्टमार्टमलगायतका कानुनी प्रकृयादेखि अनुसन्धानको काम जिल्ला प्रहरी कार्यालय भोजपुरले गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

आफन्तले खोजी गर्ने क्रममा उनको शव भोजपुरमा फेला परेको हो। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिएको जनाइएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ११:३६ मंगलबार

महिला शव